INTEGRATED FARMING | AGRICULTURAL TRAININGS | AGRO-TOURISM

इजरायलको सीप झाँङ्गिदै

Source: http://bikaskhabar.com
ARAVA-1510453159.jpg

इजरायलमा कृषि अध्ययन गरि फर्केका युवाहरुद्धरा संचालित आराभा नेपाल मोर्डन एग्रीकल्चर कम्पनि लिमिटेडको नया नेतृत्वमा कंम्पनिका संचालक कृष्ण प्रसाद बजगाई चयन भएका छन् । बजगाई मकवानपुरका युवा हुन् । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने अभियानको रुपमा सुरुवात गरिएको कंम्पनिको २५ कार्तिकमा काठमाण्डौमा सम्पन्न प्रथम बार्षिक साधारण सभाले बजगाईलाई चार बर्षका लागी नेतृत्वमा प्रदान गरेको हो ।

साना किसान विकास बैक मार्फत ईजरायलमा कृषि अध्ययन गर्न गएका नेपाली युवाहरु संगठीत भई हाल लमजुङ्गको सुन्दरबजार नगरपालिकामा २ सय रोपनी जग्गामा एकिकृत कृषि परियोजना संचाल गरिरहेको कम्पनिले लम्जुङ्गमै ए एन एम सि डेरी उद्योग संचालन गरिरहेको छ । नेपालमा कृषि कर्मबाटै रोजगार, बिकाश र समृद्धि संभब छ भन्ने बिश्वास सहित युवाहरु आफै दिनरात नभनि काममा खटिने गरेको बताउँछन् । एकिकृत कृषि फर्म, फार्मर फिल्ड स्कुल, कृषि पर्यटन जस्ता नमुना परियोजना एकै स्थानमा संचालन गर्ने गरि कंम्पनि अगाडि बढिरहेको छ ।

२५ करोड अधिकृत पुँजि भएको कंम्पनिमा इजरायलमा कृषी विषय अध्ययन गरेका ६५ जना युवा बिद्यार्थिहरु, एनआरएन तथा नेपालमा बिभिन्न पेशा व्यवसायमा लामो समय अनुभव बटुलेका व्यवसायी, कलाकार र समाज सेवीहरुको समेत लगानि रहेको छ । बिश्वको होचो ठाउमा गनिने डेड सि बाट जन्म भएको कम्पनि इजरायलको मरुभुमि आराभाको नामबाटै कम्पनिको नाम परिचित छ । कंम्पनिले गत बर्षबाट मात्रै आफ्नो काम थालेको र अभियान अन्र्रगत सातै प्रदेशमा परियोजना बिस्तार गर्ने लक्ष्य बोकेको छ ।

कम्पनिका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सानाकिसान बिकाश बैक लिमिटेडका कार्यकारी प्रमुख डा। शिवराज कोईरालाको  प्रमुख आतिथ्यता रहेको  थियो । कार्यक्रममा सानाकिसान बिकाश बैकका प्रमुख कार्यकारी कोईरालाले युवाहरुको जोस, जागर र आत्मबललाई मर्न नदिन सानाकिसान बिकाश बैक सदैब तयार रहेको बताउदै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

साधारण सभाले ४ बर्षे कार्याकालका लागि बजगाई सहित प्रविन प्रमोद खतिवडा, देवराज आचर्य, सोनाम लामा, धनप्रसाद पण्डित, श्रीकान्त घिमिरे, कृष्ण ज्ञावालि, नवराज हुमागाई र सरोज दहाल लाई संचालक मा चयन गरेको  छ ।

 

Leave a Comment