नेपाली माटोमा पसीना बहाउदै ईजरायलबाट फर्केका युवा, कृषिमा आत्मनिर्भर अभियानको नया नेतृत्वमा बजगाई
Source: aarthikonline.com
कंम्पनिको लमजुङ्ग स्थित निर्माणधिन ग्रिनहाउस लगाएत परियोजना अबलोकन गर्दै ईजरायलि राजदुत
२५ करोड अधिकृत पुँजि भएको कंम्पनिमा इजरायलमा कृषि विषय अध्ययन गरेका ६५ जना युवा बिद्यार्थिहरु, एनआरएन तथा नेपालमा बिभिन्न पेशा व्यवसायमा लामो समय अनुभव बटुलेका व्यवसायी, कलाकार र समाज सेवीहरुको समेत लगानि रहेको छ । बिश्वको होचो ठाउमा गनिने डेड सि बाट जन्म भएको कम्पनि इजरायलको मरुभुमि आराभाको नामबाटै कम्पनिको नाम परिचित छ । कंम्पनिले गत बर्षबाट मात्रै आफ्नो काम थालेको र अभियान अन्र्रगत सातै प्रदेशमा परियोजना बिस्तार गर्ने लक्ष्य बोकेको छ ।
कम्पनिका अध्यक्ष बिनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा साना किसान बिकाश बैक लिमिटेडका कार्यकारी प्रमुख डा. शिवराज कोईरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साना किसान बिकाश बैकका प्रमुख कार्यकारी कोईरालाले युवाहरुको जोस, जागर र आत्मबललाई मर्न नदिन सानाकिसान बिकाश बैक सदैब तयार रहेको बताउदै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
साधारण सभाले ४ बर्षे कार्याकालका लागि बजगाई सहित प्रविन प्रमोद खतिवडा, देवराज आचर्य, सोनाम लामा, धनप्रसाद पण्डित, श्रीकान्त घिमिरे, कृष्ण ज्ञावालि, नवराज हुमागाई र सरोज दहाललाई संचालकमा चयन गरेको छ ।
संचालमा रहेका परियोजनाहरु