INTEGRATED FARMING | AGRICULTURAL TRAININGS | AGRO-TOURISM

उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पश्चिमाञ्चलका पाँच पुरस्कृत

नेपाल सरकारबाट विगत वर्षदेखि संचालन हुँदै आएको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारको वर्ष २०७४ को सृंखलामा पश्चिमाञ्चलका पाँच कृषक चयन भएका छन् ।

हरेक वर्ष जिल्ला स्तरमा पुरस्कृत हुँदै क्षेत्रीय र राष्ट्रिय पुरस्कार पाउने सृंखला रहेकोमा चालु वर्षमा जिल्ला कृषि कार्यालयको वजेटमा त्यो कार्यक्रम हटेको र स्थानीय निकायहरुले त्यसमा बजेट विनियोजन नगरेकाले क्षेत्रीय कृषि निर्देशनालय पश्चिमाञ्चलले आफ्नो कार्यक्षेत्रका किसानहरुको कार्यसम्पादन र उपलब्धी मापनका आधारमा चयन गरि राष्ट्रिय प्रतियोगीताका लागि क्षेत्रीय रुपमा पाँचजना कृषक चयन गरेको प्रादेशिक कृषि मन्त्रालयका उपसचिव माधव लम्शालले जनाएका छन् । संघीयताको कार्यान्वयनका सवालमा क्षेत्रीय कृषि निर्देशनालयको काम समेत हेरेको प्रदेश कृषि मन्त्रालयले हाल सम्मको प्रगति र मुल्यांकनका आधारमा क्षेत्रीय रुपमा उत्कृष्ट कृषकहरुको चयन गरेको थियो । पोखराको हेमजामा भएको आलु महोत्सवकै समारोहमा क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जनालाई पुरस्कृति गरिएको थियो। यसरी पुरस्कृत हुनेहरुमा गोर्खाका गाई फार्मका राजेन्द्रराज पन्त, स्याङ्गजाका सुन्तला खेती किसान रामप्रसाद भण्डारी, अर्घाखाचीका किसान गणेशप्रसाद वञ्जाडे, गुल्मीका किसान विनबहादुर कुँवर र लम्जुङका किसान कृष्णप्रसाद वजगाई रहेको प्रदेश कृषि सचिव शरदचन्द्र श्रेष्ठले बताए । पुरस्कृत कृषकहरुलाई प्रदेश नं ४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले पुरस्कार सहित सम्मान गरेका थिए ।

Leave a Comment